१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ



अ+ अ-

सुर्खेत । कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ । दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो ।

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिनुभयो । रासस