• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

पूर्वराजाको जन्मदिन प्रतिकात्मक श्रीपेच राखेर ७७ वटा दीप प्रज्वलन गरिँदै



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७७ औँ जन्मदिन मनाउँदै हुनुहुन्छ । जन्मदिनको अवसरमा नागरिक मुल समारोह समितिले बिभिन्न कार्यक्रमको आयोजना गरेकाछन् ।

आज बिहान पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगि सचिवालयमा अभिनन्दन पत्र र पुष्पगुच्छाहरु बुझाएका छन् । समितिका अध्यक्ष केशोरी महतोका अनुसार पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७ बजेर ७ मिनेट जाँदा ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकात्मक श्रीपेच राखेर दीप प्रज्वलन गर्ने तयारी आयोजकहरुले गरेका छन् । पूर्वराजा शाह आफ्नो जन्म दिन मनाउन ललितपुरको लाँकुरी भञ्ज्याङमा रहेको टेरेस रिसोर्टमा पुग्नु भएको छ । बुधबार दिउँसो परिवारका सदस्यहरुसहित सो रिसोर्ट पुग्नु भएको हो ।