२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र करणको ओडिआई वरीयतामा सुधार



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) तर्फको बलिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप एक स्थान माथि उक्लिएका छन्। यससँगै सन्दीप २४ औं स्थानमा पुगेका छन् ।

बलिङ तर्फ नै तीव्र गति बलर करण केसी २ स्थान सुधार गर्दै ८७ औं स्थानमा पुगेका छन् । यस्तै, सोमपाल कामी २ स्थान खस्किएर ७८ औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी ५ स्थान तल झरेर ६२ औं स्थानमा रहेका छन्।

ब्याटिङ तर्फ भने राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल १ स्थान तल खस्किएका छन् । ओडिआईमा रोहित एक स्थान तल झरेर ७३ औं स्थानमा रहेका छन् । यस्तै, ब्याटिङतर्फ नै ओपनर आसिफ शेख ४ स्थान खस्किएर ७७ औं स्थानमा पुगेका छन् ।