१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयोः सांसद राणा

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयोः सांसद राणा
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गर्नु भएको छ ।

प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उहाँले प्रतिक्रिया दिनु भएको हो । बुधबार प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमालेसहितका विपक्ष दलहरुले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए ।

सोही सन्दर्भमा संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्री दाहालले सो विषयबारे संसदमा चाँडोभन्दा चाँडो स्पष्टिकरण दिनुपर्ने माग समेत गर्नु भयो । एमालेसहितका विपक्ष दलहरुले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले संसदमा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने उहाँको भनाई थियो । सांसद राणाले भन्नु भयो, ‘हाम्रो यस सन्दर्भमा अफिसियल धारणाचाँही छैन । अव विपक्ष दल विशेष गरेर एमालेले प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेलामा केही कुरा बोल्नु भएको थियो । त्यसको बारेमा उहाँहरुले आपत्ति जनाउनु भयो । सायद भोली प्रधानमन्त्रीले त्यसको जवाफ दिएर हाउसलाई हामी अगाडि बढाउँछौं ।

एमालेले राजीनामा खोज्यो । अव राजीनामाको माग उहाँहरुको हो । हाम्रो भनाई चाँही प्रधानमन्त्रीले हाउसमा आएर विपक्ष दलले बोलेपछि हामीलाई पनि स्पष्ट बनाई दिनु पर्छ । हामी बजेट शेसनमा छौं । निर्वाचन सकिएको ८ महिना भयो । ८ वर्षमा हुने घटना ८ महिनामै भएर सरकारले राम्रोसँग काम गर्न पाएको छैन । नेपाली काँग्रेसले सत्ताभन्दा पनि स्थिरतातिर हामी केन्द्रित छौं । कुनै पनि राजनीतिक दल सत्तातिर पनि केन्द्रित हुन्छ । तर, अहिलेको परिस्थितिमा हामी स्थिरतातिर केन्द्रित हुन्छौं भन्ने छ । उहाँले त्यो बोल्न नहुने हो । के सोचमा उहाँले बोल्नु भयो । अथवा के ब्याकराउण्डमा उहाँले त्यो बोल्नु भयो । त्यो चाँही स्पष्ट पार्नु पर्छ उहाँले हाउसमा गएर । यसको बारेमा चाँडो सकेसम्म आज नभएपनि चाँडो आएर यसबारे प्रधानमन्त्रीले स्पष्ट पारिदिनु पर्छ ।’

सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको बताउनु भयो ।