१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयोः सांसद राणा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गर्नु भएको छ ।

प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उहाँले प्रतिक्रिया दिनु भएको हो । बुधबार प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमालेसहितका विपक्ष दलहरुले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए ।

सोही सन्दर्भमा संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्री दाहालले सो विषयबारे संसदमा चाँडोभन्दा चाँडो स्पष्टिकरण दिनुपर्ने माग समेत गर्नु भयो । एमालेसहितका विपक्ष दलहरुले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले संसदमा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने उहाँको भनाई थियो । सांसद राणाले भन्नु भयो, ‘हाम्रो यस सन्दर्भमा अफिसियल धारणाचाँही छैन । अव विपक्ष दल विशेष गरेर एमालेले प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेलामा केही कुरा बोल्नु भएको थियो । त्यसको बारेमा उहाँहरुले आपत्ति जनाउनु भयो । सायद भोली प्रधानमन्त्रीले त्यसको जवाफ दिएर हाउसलाई हामी अगाडि बढाउँछौं ।

एमालेले राजीनामा खोज्यो । अव राजीनामाको माग उहाँहरुको हो । हाम्रो भनाई चाँही प्रधानमन्त्रीले हाउसमा आएर विपक्ष दलले बोलेपछि हामीलाई पनि स्पष्ट बनाई दिनु पर्छ । हामी बजेट शेसनमा छौं । निर्वाचन सकिएको ८ महिना भयो । ८ वर्षमा हुने घटना ८ महिनामै भएर सरकारले राम्रोसँग काम गर्न पाएको छैन । नेपाली काँग्रेसले सत्ताभन्दा पनि स्थिरतातिर हामी केन्द्रित छौं । कुनै पनि राजनीतिक दल सत्तातिर पनि केन्द्रित हुन्छ । तर, अहिलेको परिस्थितिमा हामी स्थिरतातिर केन्द्रित हुन्छौं भन्ने छ । उहाँले त्यो बोल्न नहुने हो । के सोचमा उहाँले बोल्नु भयो । अथवा के ब्याकराउण्डमा उहाँले त्यो बोल्नु भयो । त्यो चाँही स्पष्ट पार्नु पर्छ उहाँले हाउसमा गएर । यसको बारेमा चाँडो सकेसम्म आज नभएपनि चाँडो आएर यसबारे प्रधानमन्त्रीले स्पष्ट पारिदिनु पर्छ ।’

सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको बताउनु भयो ।