१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

कोशी प्रदेशमा सडक दुर्घटना बढ्दो

कोशी प्रदेशमा सडक दुर्घटना बढ्दो
अ अ+ अ-

बेलबारी । कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्ला चार वर्षको अवधिमा ११ हजार छ सय ६५ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा एक हजार सात सय एकको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार गएको चार वर्ष अवधिमा वार्षिक ८० प्रतिशत सवारी दुर्घटना भएका छन् । त्यसमा २६ दशमलव ६४ प्रतिशत मानिसको मृत्युदर बढेर गएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै कोशी प्रदेशमा तीन हजार आठ सय २० सवारी साधन दुर्घटना हुँदा पाँच सय ३१ जनाको मृत्यु भएको र एक हजार एक सय १४ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

अघिल्लो आव २०७७/७८ मा प्रदेशभित्र तीन हजार एक सय ३१ सवारी साधन दुर्घटनामा परि चार सय ४४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७६/७७ मा प्रदेशभित्र एक हजार तीन सय २२ सवारी साधान दुर्घटना भएका थिए । त्यसमा तीन सय ३२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यी तथ्याङ्कलाई आधार मान्दा वार्षिक रुपमा दुर्घटना बढेको देखिएको छ ।

समग्र दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा १० प्रतिशत, चालकको लापरबाहीले १६ प्रतिशत, चालक अनुमतिपत्र नभएकाले सवारी कुदाउँदा सात प्रतिशत र सडक प्रयोगकर्ताले असावधानीपूर्वक सडकको प्रयोग गर्नाले १२ प्रतिशत सडक दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक महतो बताउनुहुन्छ ।

कोशी प्रदेशमा मङ्गलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । मादक पदार्थ सेवन गरी सवारी सधान कुदाउन नदिन कडाइपूर्वक लागू गर्ने, सडक लेनको अनुशासन, सिटी रिक्साहरुको व्यवस्थापन, टाइम कार्ड लागू, गति नियन्त्रणका साथै राजमार्गमा कुद्ने सवारी साधन सार्वजनिक बस रोक्न एक सय नौ पकेट कार्यक्रम लगायतका कार्यमा ट्राफिक प्रहरी सक्रियताका साथ लागिपरेको महतोले बताउनुभयो ।

उक्त प्रदेशभित्र हाल चार सय ७४ ट्राफिक प्रहरी रहेको र भएको जनशक्तिलाई स्रोत साधनको अभावका बीच व्यवस्थापन गर्नुपरेको उहाँले बताउनुभयो । पर्याप्त श्रोतसाधन हुने हो भने ट्राफिक व्यवस्थापन सहज हुने उहाँले बताउनुभयो । रासस