२३ पुष २०८१, मंगलवार
,
Latest
आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै दक्षिण अफ्रिका १० विकेटले विजयी पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि कारागार चलान सवारी साधनको भाडादर तीन दशमलव ३० प्रतिशत वृद्धि (रेट सहित) कुलमानलाई कारबाहीको अर्को प्रयास, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल गोरखा राज्यका विसर्जकलाई किन चिन्ने ? एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने ‘लङ डिस्ट्यान्स रिलेशनसिप’लाई बलियो बनाउन चाहनुहुन्छ भने भुलेर पनि नगर्नुहोस् यी ५ गल्ती खराब समय चलिरहेको छ भने पर्समा राख्नुहोस् यी ३ चिज
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडा मारेको अभियोगमा चितवनबाट तीन जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ ।

निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । निजहरुलाई वैशाख १२ गते पक्राउ गरिएको थियो । पक्राउपर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको थियो ।

पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बरामद गैँडाको खाग चोरीशिकार गरेको स्थान चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले मुद्दा यहाँ सरी आएको पुनले जानकारी दिनुभयो ।

निकुञ्जका अनुसार निजहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए । रासस