३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्ति: नदेखिने विषयमा उहाँले के गर्नुभयो त्यो थाहा भएन: कांग्रेस प्रवक्ता विश्वकर्मा



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अशोभनीय भएको जनाएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले न्युजपोलारसँग भन्नुभयो, “देखिने गरेर नेपालको संसद् र सांसदले उहाँलाई प्रधानमन्त्री बनाएको हो, नदेखिने विषयमा उहाँले कहाँ कहाँ के गर्नुभयो त्यो थाहा भएन ।”

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधामनमन्त्री बनाउन प्रीतम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

विश्वकर्माले भन्नुभयो, “उहाँलाई गठबन्धनले प्रधानमन्त्री बनाएको हो तर प्रधानमन्त्रीको पद सुहाँउदो अभिव्यक्ति भएन । यो विषयमा उहाँले स्पष्ट पार्नुपर्छ ।”