६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतलाई पेनाल्टीमा हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि



अ+ अ-

काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा कुवेतलाई टाईब्रेकरमा स्तब्ध पार्दै आयोजक भारतले नवौं पटक उपाधि जितेको हो ।

बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो । जसमा साविक विजेता समेत रहेको भारतले ५–४ ले पेनाल्टी जित्यो ।

पेनाल्टीमा भारतका उदान्त सिंह कुमामले गोल गर्न चुक्दा कुवेतका खालिद इब्राहिम र मोहम्मद अबदुल्लाहले गोल गर्न चुके । खेलको १४ औं मिनेटमा शबिब अल खाल्दीले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लालिआन्जुला छाङ्टेले गोल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए ।