१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो सुनको मूल्य, चाँदी स्थिर



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आईतबार कै मूल्य प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।