२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः सेमिफाइनलका खेलहरु आज



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत सेमिफाइनलका खेलहरु आज शनिबार हुँदैछन् । पहिलो सेमिफाइनल अन्तर्गत कुवेत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

कुवेत र बंगलादेशबीचको खेल बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली जित निकालेर फाइनलमा पुग्न चाहन्छन् । कुवेत समूह ए को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, समूह बी को उपविजेता बनेको बंगलादेशले कुवेतसँग भेट पक्का गरेको हो ।

यस्तै आज साँझ सेमिफाइनलकै अर्को खेलमा घरेलु टोली भारत र लेवनानले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । यो खेल पनि श्री कान्तीरवा मैदानमै हुनेछ । घरेलु समर्थकको साथ रहेको भारत लेवनानलाई हराउँदै उपाधिको नजिक पुग्न चाहन्छ । यता, लेवनान पनि भारतलाई स्तब्ध पार्दै फाइनलमा पुग्न चाहन्छ ।

जुन ८ मा भएको हिरो इन्टरनेशनल कपमा भारतले लेवनानलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । तसर्थ भारतविरुद्ध लेवनानलाई बदला लिने अवसर रहेको छ ।

च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका थिए । कुवेत र लेवनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् ।