१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

सुरुङ्गा । झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो ।

सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । रासस