१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो



file
अ+ अ-

बनियानी । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट गत आव २०७८/७९ मा पाँच जना, आव २०७७/७८ मा तीन, २०७६/७७ मा दुई, आव २०७५/७६ मा एक जना र आव २०७४/७५ मा पाँच जनाको मृत्यु भएको छ ।

झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भइसकेको छ ।

घर–खेतमै हात्तीको आक्रमण

मृत्यु हुनेमा अधिकांश आफ्नै घर–खेतमा हात्तीले आक्रमणमा परेका हुन् । बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बन्नुभयो । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्द जाँदै गर्दा हात्तीको आक्रमणमा पर्नुभयो ।

शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ । यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।

भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका–२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा पर्नुभएको थियो । दमक–३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उहाँको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।

दुई सय १३ जनाले पाए राहत

झापामा चालु आर्थिक वर्षमा दुई सय १३ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्‍याएबापत उनीहरुले रु ७१ लाख ६६ हजार सात सय राहत पाएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

चालु आवमा घाइतेको उपचारका लागि रु चार लाख, मृत्यु राहत रु ५० लाख, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्‍याएबापत रु १७ लाख ६६ हजार सात सय राहत रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

गत असार १२ गते हात्तीको आक्रमणबाट मृत्यु भएका भद्रपुर(७ का गिरेन कर्मकारको राहत रकम प्रक्रियामा रहेको छ । सरकारले गैरनेपालीको हकमा भने राहत उपलब्ध नगराउने उहाँले बताउनुभयो । रासस