१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो



file
अ+ अ-

बनियानी । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट गत आव २०७८/७९ मा पाँच जना, आव २०७७/७८ मा तीन, २०७६/७७ मा दुई, आव २०७५/७६ मा एक जना र आव २०७४/७५ मा पाँच जनाको मृत्यु भएको छ ।

झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भइसकेको छ ।

घर–खेतमै हात्तीको आक्रमण

मृत्यु हुनेमा अधिकांश आफ्नै घर–खेतमा हात्तीले आक्रमणमा परेका हुन् । बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बन्नुभयो । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्द जाँदै गर्दा हात्तीको आक्रमणमा पर्नुभयो ।

शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ । यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।

भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका–२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा पर्नुभएको थियो । दमक–३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उहाँको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।

दुई सय १३ जनाले पाए राहत

झापामा चालु आर्थिक वर्षमा दुई सय १३ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्‍याएबापत उनीहरुले रु ७१ लाख ६६ हजार सात सय राहत पाएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

चालु आवमा घाइतेको उपचारका लागि रु चार लाख, मृत्यु राहत रु ५० लाख, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्‍याएबापत रु १७ लाख ६६ हजार सात सय राहत रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

गत असार १२ गते हात्तीको आक्रमणबाट मृत्यु भएका भद्रपुर(७ का गिरेन कर्मकारको राहत रकम प्रक्रियामा रहेको छ । सरकारले गैरनेपालीको हकमा भने राहत उपलब्ध नगराउने उहाँले बताउनुभयो । रासस




भर्खरै