२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभामा आजदेखि बिनियोजन बजेटमाथि छलफल सुरु हुने



अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलका आजदेखि सुरु हुनेभएको छ ।

कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ । असार १५ र १६ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ ।

साथै, असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुनेछ । असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधीवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल हुनेछ ।

सम्बन्धित मन्त्रालयको छलफलमा उठेका कुराहरुमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा  समावेश छ ।