५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसीपुर उपमहानगरमा ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम



अ+ अ-

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम अघि सारेको छ । सो कार्यक्रमअनुसार बालबिबाहलाई निरुत्साहित गर्दै स्मार्ट छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्नलाई प्रोत्साहन गर्ने नीति उपमहानगरले लिएको छ ।

उपमहानगरपालिकाले आइतबार पेश गरेको आगामी आवको बजेटमा ‘समृद्ध तुलसीपुर स् सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारा पनि अघि सारेको छ । उपमहानगरले आगामी आवका लागि कुल रु एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० को बजेट विनियोजन गरेको हो । जसमाआन्तरिक स्रोतबाट रु २१ करोड, स्थानीय तह राजस्व बाँडफाँट, मालपोत, रजिष्ट्रेसनबाट रु १२ करोड, ढुङ्गा गिट्टी दहत्तर बहत्तरबाट रु तीन करोड र विज्ञापन करबाट रु १५ लाख गरी कूल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ ।

पालिकाले सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान रु २९ करोड आठ लाख, ससर्त अनुदान रु ६५ करोड १३ लाख, समपूरक अनुदान रु ७५ लाख, विशेष अनुदान रु एक करोड र राजस्व बाँडफाँट सङ्घ रु २३ करोड दुई लाख ७१ हजार, खानी र वन रोयल्टीबाट रु १५ लाख गरी कूल रु एक अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान रु दुई करोड २३ लाख ४१ हजार, सशर्त अनुदान रु दुई करोड ३६ लाख ५० हजार, समपूरक अनुदान रु दुई करोड, राजस्व बाँडफाँट प्रदेश रु दुई करोड ११ लाख ३० हजार सात सय ५० गरी कूल रु आठ करोड ७१ लाख २१ हजार सात सय ५० प्राप्त हुने अनुमान गरिएको छ ।

अन्य सङ्घसंस्था अनुदानमा नगर विकास कोष ऋण रु ११ करोड, युनिसेफ अनुदान रु ४५ लाख र सडक बोर्ड नेपालबाट रु एक करोड, युएसआइडी (जिटुजी) कार्यक्रम सञ्चालनका लागि रु तीन करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । जसका लागि रु २५ करोडभन्दा बढी रकम छुट्याइएको छ ।

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तुलसीपुर ट्रेड टावर निर्माणका लागि ११ करोड, यातायात पूर्वाधारका लागि ६ करोड लगायतका शीर्षकमा रकम विनियोजन गरिएको छ । बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै, उपमहानगरपालिकाको आफँैले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पताल र तुलसीपुर मेट्रो कलेजलाई प्रदान गरिने सेवासुविधा विस्तारका लागिसमेत बजेटमा प्राथमिकता दिएको छ ।

त्यस्तै, वडा नं १, ३, ४ र १९ मा वायु ऊर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागिसमेत बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको छ । तुलसीपुरको अभियान, छोरीलाई विशेष सुरक्षा र सम्मान, स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी कार्यक्रमलाई पनि प्राथमिकता दिई आवश्यक बजेट विनियोजन गरेको छ । रासस




भर्खरै