२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल र पाकिस्तानको बराबरी



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा जारी छ ।

बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा जारी खेलमा पहिलो हाफ सकिँदा दुबै टोलीले गोल गर्न सकेका छैनन् ।

नेपालले पाकिस्तानलाई तुलनात्मक रुपमा केही दबाबमा राखेको छ ।

१३ औं मिनेटमा नेपाललाई गोल गर्ने अवसर थियो । नेपालले राम्रो स्थानबाट फ्रिकिक पाएको थियो । तर विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिक आकाशिन पुग्यो ।

यस्तै, ४२ औं मिनेटमा पुनः विमल घर्तीमगर गोल गर्नबाट चुके । उनले डी–बक्स भित्रबाट प्रहार गरेको बललाई सिधै पाकिस्तानका गोलरक्षक युसुफ बटले बचाउ गरे ।

दुबै टोली पहिलो जितको खोजीमा छन् । साथै, दुबै टोली नकआउट चरण पुग्नबाट बञ्चित छन् । तसर्थ दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।