२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपटक विश्वकपको ट्रफि नेपाल नआउने



अ+ अ-

एजेन्सी । भारतले पहिलो पटक आयोजना गर्न लागेको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार ट्रफी अन्तरिक्षमा लन्च गरेको हो ।

यससँगै ट्रफीको विश्व भ्रमणको पनि घोषणा गरिएको छ । जुन २७ बाट सुरु हुने वल्र्ड टुर अन्तर्गत १८ देशको भ्रमण गरी यो ट्रफी भारत फर्किनेछ । यो भ्रमण सेप्टेम्बर ४ मा समाप्त हुनेछ ।

आईसीसीले अमेरिकाको निजी अन्तरिक्ष एजेन्सी ‘सेन्ट इनटो स्पेस’को सहयोगमा बेलुनको सहयोगमा ट्रफीलाई अन्तरिक्षमा पठाएको हो । पृथ्वीको सतहबाट १२,००० फिटको उचाइमा पुगेपछि ट्रफीलाई स्ट्र्याटोस्फियरमा अनावरण गरिएको थियो । त्यसपछि ट्रफी अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा ल्याइयो ।

यसैबीच योपटक भने विश्वकपको ट्रफि नेपाल नआउने भएको छ । यसअघि सन् २०१८ मा विश्वकपको ट्रफि पहिलो पटक नेपालमा ल्याइएको थियो । त्यतिबेला उक्त ट्रफिलाई काठमाडौं र पोखरामा प्रदर्शनमा राखिएको थियो ।

सन् २०२२ मा टि–२० विश्वकपको ट्रफि पनि नेपालका विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो ।

विश्वकप ट्रफी कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली, अमेरिका र आयोजक राष्ट्र भारतलगायत विश्वका १८ देशका ४०ं सहरमा पुग्नेछ ।

विश्वकप ट्रफिको भ्रमण तालिकाः
२७ जुनदेखि १४ जुलाई – भारत
१५–१६ जुलाई – न्यूजिल्याण्ड
१७–१८ जुलाई – अष्ट्रेलिया
२५–२७ जुलाई – अमेरिका
२२–२४ जुलाई – भारत
१९–२१ जुलाई – पपुआ न्यूगिनी
२८–३० जुलाई – वेस्ट इन्डिज
३१ जुलाई –४ अगस्ट – पाकिस्तान
५–६ अगस्ट – श्रीलंका
७–९ अगस्ट – बंगलादेश
१०–११ अगस्ट – कुवेत
१२–१३ अगस्ट – बहराइन
१९–२० अगस्ट – फ्रान्स
१६–१८ अगस्ट – इटाली
१४–१५ अगस्ट – भारत
२१–२४ अगस्ट – इंग्ल्याण्ड
२५–२६ अगस्ट – मलेसिया
२७–२८ अगस्ट – युगाण्डा
२९–३० अगस्ट – नाइजेरिया
३१ अगस्ट– ३ सेप्टेम्बर – दक्षिण अफ्रिका
४ सेप्टेम्बर – भारत