१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार पनि सुन–चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन दुई सयले बढेर प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त सुन एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।