१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयको ७ दिनको अल्टिमेटम



अ+ अ-

काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौँ प्लाजामा रहेका कार्यालय खाली गर्न आग्रह गरेको छ । काठमाडौँ प्लाजाको भवनको माथिल्लो तलामा तत्कालीन अवस्थामा सञ्चालनमा रहेको राजघराना गजल रेष्टुराँ एण्ड पार्टी भेन्यू प्रालि र निरमाया दोहोरी साँझ प्रालिका सरसामानहरु रहेको सामान बुझिलिइ भरपाइ गर्न कार्यालयले आग्रह गरेको छ । यी कार्यालय गत २०७८ वैशाख २ गतेदेखि बन्द छन् ।

‘शिलबन्दी अवस्थामा रहेकोमा उपरोक्त व्यावसायिक संस्थाका सञ्चालकहरुसँग छलफल गरी गत वैशाख ४ गते वडा कार्यालयका प्रतिनिधि, प्रहरी र तपाईं सञ्चालकहरु समेतको रोहवरमा ताला खोली सामानहरु जे जस्ततो अवस्थामा रहेको छ । सोही अवस्थामा सामान बुझिलिइ भरपाई गरिदिनु भएको र सोको मुचुल्का समेत तया भइ हालसम्म पनि सो स्थान खाली नगरिदिनु भएकाले यस सूचना प्रकाशित गरिएको हो’, सूचनमा भनिएको छ ।

साथै कार्यालयले पटक पटक पत्राचार र भाइबरमार्फत घर खाली गरिदिन पत्राचार गरेको र यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र घर खाली नगरेर कानून बमोजिम घरखाली गर्ने कार्यालयको भनाइ छ ।