२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकपको खेलतालिका मंगलबार सार्वजनिक गर्ने तयारी



अ+ अ-

एजेन्सी । आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने २०२३ ओडीआई विश्वकपको तालिका जुन २७ मा घोषणा गर्न तयारी थालिएको छ । आईसीसीले शनिबार मुम्बईमा एक कार्यक्रम आयोजना गरेको थियो । रिपोर्टका अनुसार यही दिन (मंगलबार) विश्वकपको खेलतालिका सार्वजनिक हुनेछ ।

प्रतियोगिता अक्टोबर ५ गतेदेखि हुने भएकाले अब विश्वकप आउन १ सय दिन मात्रै बाँकी छ । यसलाई हेर्दा यो दिन प्रतियोगिताको तालिका सार्वजनिक गर्नका लागि उपयुक्त देखिन्छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एकदिवसीय विश्वकपको तालिकाको मस्यौदा लामो समय अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई पठाएको थियो ।

यता, पाकिस्तानले भने २०२३ ओडीआई विश्वकपमा आफ्ना दुई लिग खेलको स्थान परिवर्तन गर्न चाहेको थियो । तर, रिपोर्टका अनुसार आईसीसी र बीसीसीआईले उसको मागलाई अस्वीकार गरेको थियो । मागलाई अस्वीकार गर्नुको कारण पाकिस्तानले किन स्थान परिवर्तन गर्न चाहेको भन्नेबारे बताएको थिएन ।

भारतले पहिलो पटक विश्वकपको आयोजना गर्दैछ । यसअघि भारतले छिमेकी मुलुकसँग मिलेर यो प्रतियोगिता आयोजना गरिसकेको छ ।

४६ दिनसम्म चल्ने प्रतियोगितामा तीन नकआउटसहित ४८ खेल हुनेछन् । यस पटकको विश्वकपमा १० टोलीको सहभागिता रहनेछ ।