१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका किसानलाई रोपाईंको चटारो– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईंमा ब्यस्त हुन थालेका छन् ।

काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईंमा यतिबेला किसानहरु ब्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन् । उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाईंमा ब्यस्त भएको बताउँछन् । सामान्यतया असार १५ बबाट रोपाईं शुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरु रोपाईंको चटारोमा छन् ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाईं शुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाईं भइसकेको किसानहरु बताउँछन् । सिंचाई अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार शुुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाईंमा लागेका हुन् ।

आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरु यस वर्ष धान रोपाईं छिटो भएपछि खुशीमा भएका छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाईंमा जुटेको उनीहरुको भनाइ छ । रोपाईंमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानह डराएका छन् ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरुको भनाइ छ ।