५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भर्खरै सम्पन्न खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।

३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा अलआउट हुँदै २३८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन जोड्दा, रोहित पौडेलले ४३ बलमा ३०, आशिफ शेखले ३६ बलमा २८, करण केसीले २७ बलमा २८, दिपेन्द्र सिंह ऐरीले २० बलमा २३ रन जोडे । यस्तै, कुशल भुर्तेल ६ बलमा ५, भीम सार्की ७ बलमा २, कुशल मल्ल ६ बलमा २ रन तथा सन्दीप लामिछाने ४ बलमा १ रनमा आउट भए ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेफ, किमो पल र अकिल हुसेनले २–२ विकेट लिँदा कायली मेयर्सले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक १३२ रनको योगदान दिए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै १३२ रनको योगदान दिएका हुन् ।

त्यस्तै निकोलस पुरनले ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित ११५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले २१६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।

जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन् ।