काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीवार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।
बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुन:निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले विपद्मा जोखिममा परेका व्यक्ति र परिवारको पुन:स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दिगो विकास तथा सुशासन समितिको आजको बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुन:निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी,जोखिममा परेका व्यक्ति र परिवारको पुन:स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका लागि पनि गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोले क्षति पुर्याएको छ । यसको राहत, पुन: स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन गरेका छौँ ।’
समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको राहत, पुन: स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताउनु भयो ।