१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुन:निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले विपद्मा जोखिममा परेका व्यक्ति र परिवारको पुन:स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकास तथा सुशासन समितिको आजको बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुन:निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी,जोखिममा परेका व्यक्ति र परिवारको पुन:स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका लागि पनि गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याएको छ । यसको राहत, पुन: स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन गरेका छौँ ।’

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको राहत, पुन: स्थापना र पुन: निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताउनु भयो ।