६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान होप र पुरनको शतकमा वेस्ट इन्डिज उच्च योगफलतर्फ अग्रसर



अ+ अ-

काठमाडौं। जारी विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तानसाई होप र निकोलस पुरनले शतक पुरा गरेका छन् । जिम्बावेमा जारी खेलमा कप्तान होपले १०७ बलमा आफ्नो शतक पुरा गरे भने पुरनले ८१ बलमा शतक बनाए ।

कप्तान होप ११२ र पुरन १०३ रनमा खेल्दैछन्। उनीहरुबीच चौथो विकेटका लागि दुई सय एक रनको साझेदारी गरिसकेका छन्।

कप्तान साई होप र निकोलस पुरानबीच शानदार साझेदारीमा वेस्ट इन्डिज उच्च योगफलतर्फ अग्रसर भएको छ।

९ रन जोड्दा दु्ई विकेट गुमाएको वेस्ट इन्डिजले तेस्रो विकेट गुमाउदा ५३ रनको स्थितीमा पुगेको थियो। त्यसपछि होप र पुरनले शानदार ब्याटिङ गरिरहेका छन्। नेपालका सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले एक एक विकेट लिए।