२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कुवेतसँग पराजित



अ+ अ-

काठमाडौँ । नेपालले साफ च्याम्पियनसिप फुटबल–२०२३ को हारबाट सुरुवात गरेको छ । भारतको बैंगलोरस्थित श्री कान्तिरभा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ३–१ गोलले पराजित भएको हो ।

कुवेतको जितमा खलिद हजिया, सबाइब अलखादी र मोहम्मद अबदुल्लाहले गोल गरे । नेपालका अन्जन विस्टले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा हजियाले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेका हुन्

यस्तै, ४१ औं मिनेटमा अलखादीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । नेपालका डिफेन्डर बिमल पाण्डेलाई डी–बक्सभित्र बीट गर्दै उनले सुन्दर गोल गरे ।

६५ औं मिनेटमा अबदुल्लाहले गोल गर्दै कुवेतलाई ३–० ले अघि बढाए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । क्रस आएको बलले नेपालका अनन्त तामाङलाई हातमा लागेपछि कुवेतले पेनाल्टी पाएको थियो ।

यता, ६८ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई १–३ को अवस्थामा ल्याए । अन्जनको यो नेपालका लागि १२ औं गोल हो । समूह ‘ए’मा रहेको नेपालले अब २४ जुन आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत र २७ जुनमा पाकिस्तानसँग खेल्नेछ ।

नेपालको समूहमा भारत, कुवेत र पाकिस्तान रहेका छन् । त्यस्तै समूह ‘बी’मा लेवनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईमा हुनेछ ।