२६ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया
तपाईं के खोज्दै हुनुहुन्छ ?

होन्डुरसको महिला जेलमा दंगा हुँदा ४१ महिला कैदीको मृत्यु



अ+ अ-

टेगुसिगाल्पा । होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराले टेगुसिगाल्पाबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको तामारामा रहेको महिला कारागारमा दंगा र हिंसा सुरु भएको बताए।

अधिकांश महिलाको जलेर मृत्यु भएको छ । तर, केहीलाई गोली लागेको पनि समाचार छ । कम्तीमा सात महिला कैदीलाई टेगुसिगाल्पा अस्पतालमा भर्ना गरिएको उनले बताए।

यीमध्ये केही महिलालाई गोली लागेको छ भने केहीलाई चक्कु प्रहार गरिएको छ । देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिमाथि कारबाही गर्न अधिकारीहरूले हालै गरेको कदमबाट दंगा सुरु भएको देखिन्छ।

उनले मंगलबारको हिंसालाई ‘संगठित अपराध विरुद्ध हामीले चालेका कदमहरूको प्रतिक्रिया’ को रूपमा हेरिएको बताए। “हामी कार्य जारी राख्नेछौं”, विलानुएभाले भने।युरी मोराले २६ जनालाई जलाएर मारिएको र बाँकीलाई गोली लागेको बताए ।

होन्डुरस देश मध्य अमेरिकामा स्थित छ। यहाँका जेलमा नरकको अवस्था छ । एक त अतिरिक्त कैदीको भीड र सबैभन्दा ठूलो सरसफाइको अभाव।होन्डुरसका जेलहरूमा अक्सर मारपिट र दंगा भइरहन्छन्, जसमा ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाउँछन्।

सन् २०१९ मा यस्तै हिंसामा ३७ कैदीको मृत्यु भएको थियो । राष्ट्रपति हर्नान्डेजले हिंसात्मक घटनाहरू रोक्न जेलहरूलाई सेनाको नियन्त्रणमा राखेका थिए, तर यसले कुनै प्रभाव पारेको देखिएन।