१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

काठमाडौँ उपत्यकाको पानी कसले खोल्यो ?

काठमाडौँ उपत्यकाको पानी कसले खोल्यो ?
अ अ+ अ-

हाम्रा इतिहासमाथि पुनः शोध, पुनः लेखन, पुनः मूल्याङ्कन हुन आवश्यक छ । शास्त्र प्रमाण, अनुमान प्रमाण र प्रत्यक्ष प्रमाणलाई आधिकारिक तथ्य मानिन्छ । राष्ट्रको उदासिनताले गर्दा व्यक्तिगत प्रयासमा कैयौँ इतिहासका तथ्यलाई हुबहु मान्न र पढाउन हामी तत्पर छौँ । यसमध्ये एउटा इतिहास हो उपत्यकालाई चोभारको डाँडाले थुनेर थलमग्न बनाएको । सनातन र बौद्धधर्मग्रन्थहरूले प्राचीन कालमा काठमाडौँउपत्यका विशाल नागदहमा डुबेको बताउँछन् ।

काठमाडौँउपत्यकाको इतिहास, पुरातत्त्व र भूबनोटले पनि यसलाई पुष्टि गर्छ । यो मनोरम र विशाल तालमा विपश्वीबुद्धले कमलको बीउ रोपे, जहाँ ज्योतिस्वरूप स्वयम्भूको उत्पत्ति भयो । यसको दर्शन गर्न शिखिबुद्ध आए । त्रेतायुगमा महाचीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर जलमग्न उपत्यकालाई बस्तीयोग्य बनाए । सनातनधर्मग्रन्थहरूले यसको श्रेय भगवान् श्रीकृष्णलाई दिन्छ ।  नागदहमा उपत्यका डुबेको विषयमा दुईमत छैन तर कसले खोले भन्ने आधिकारिक टुङ्गो अहिलेसम्म लागेको छैन । गुहेश्वरी मन्दिरदेखि लगभग २५ मिटरमाथि बायाँतर्फ रहेको शिला एवं पशुपतिबाट मृगस्थली नपुग्दै दायाँतर्फ रहेको ढुंगा, गोकर्ण, चोभारलगायतका स्थानमा पाइने चट्टान एवं  उपत्यकाको माटोले यहाँ समुद्र लहराएको पुष्टि हुन्छ ।

हरेक धर्मले आफ्ना ऐतिहासिक पात्रलाई महान् देखाउन उनीहरूका काम, योगदान, क्षमता आदिलाई आश्चर्यजनक रुपमा बयान गर्छन् । राम शाहले गोरखाको डाँडाबाट उपत्यका देखेको, कालु पाँडेले २२ हात लामो तरबार चलाएको सुन्न पाइन्छ । बलवान् राजाहरूले उचाल्न नसकेको शिवधनुषलाई सीताले उचालेको कथा रामायणमा, कालीनाग र कंशलाई कृष्णले सानै उमेरमा तह लगाएको वर्णन महाभारतमा छ । 

चोभारलाई तरबारले काटेर पानी खोलेको विषयलाई प्रविधिले युक्त, विज्ञानलाई आधार मान्ने पुस्ताले कति पत्याउला त्यसतर्फ हामीले चिन्तन गर्नुपर्छ । इतिहास दन्तेकथा होइन तथ्य र प्रमाणको दस्ताबेजमाथि विश्वास गर्ने विषय हो भन्ने कुरालाई भुल्नुहुँदैन । चोभारको चट्टानलाई कृष्ण वा मञ्जुश्रीको नेतृत्वमा खोलिएको हुनसक्छ । कृष्ण र मञ्जुश्री एक्लै आएका थिएनन् । उनीहरूसँगै आएको दलबलले खोस्रने र खोल्ने काम गरे । कृष्णले खोले कि मञ्जूश्रीले ? यसमा इतिहासकारको चिन्तन किन हुँदैन ? हुन त प्राचीन इतिहासको दर्शन गर्न पुराणमा नपुगी सुख छैन । कतिपय पुराणमा नयाँ वेदव्यासको भाष्यले अर्को कथा रचिदिएको छ । तिनीहरुको छेउ र पुच्छर समाउँदा पनि इतिहासको भेउ पाउन सकिँदैन । यसरी हामी इतिहासले पनि गरिब हुँदै गएका छौँ, अनुसन्धानले लुखिरे बन्दै छौँ, खोजमा दुब्लाउँदै गएका छौँ । अनि आफ्नो तथ्य बताउन विदेशीका कथालाई भजाउने, अग्रजका रचनालाई फिजाउने काम भएको छ ।  

वाग्वतीको प्रवाहले चोभारको पत्थर, गौरीघाटदेखि पशुपतिको सूर्यघाटसम्म कडा चट्टान, गोकर्णेश्वरमन्दिरनजिकको पहरोलाई खियाउन सक्दैन । यहाँका चट्टान हटाउन कसै न कसैले प्रविधिको प्रयोग एवं कामदारको परिचालन गरेको हुनुपर्छ । पशुपतिको सूर्यघाटदेखि गौरीघाटसम्मको वाग्वती बग्ने क्षेत्रमा रहेको चट्टान र गोकर्णमन्दिरनिर रहेको चट्टानलाई श्रीकृष्णको नेतृत्वमा हटाएको हुनुपर्छ ।

कैलाश डाँडा र मृगस्थलीबीचको भाग जहाँबाट वाग्वती बहन्छिन् त्यहाँ अहिले पनि प्रशस्त कडा पत्थर छन् । योगीराज नरहरिनाथले पनि कुनै बेला गौरीघाट, उमाकुण्ड, गुरुमन्दिर, भुवनेश्वरी हुँदै पशुपतिमन्दिरभन्दा पश्चिमतर्फबाट वाग्वती बहन्थ्यो भन्नुहुन्थ्यो । लिच्छविकालका राजा मानवदेवले आफ्नो जघन्य पापको प्रायश्चित गर्दै राखेको शिवलि· हाल गुरुमन्दिरनजिक व्यक्तिविशेषको घरमा छ ।

अज्ञानवश हत्या वा पाप कर्म गरेमा पवित्र नदीको किनारमा शिवलि· स्थापनासहित प्रायश्चित गर्ने, मोक्षको कामना गरी शिवालय आदि निर्माण गर्ने शास्त्रीय विधान थियो । यहाँ रहेको शिवलि·को अभिलेखमा वाग्वतीको किनारमा शिवलि· राखेर राजा मानदेवले  प्रायश्चित गरेको जानकारहरू बताउँछन् । शिलालेख एवं यहाँको भूबनोटले पनि वाग्वती कुनै समय पशुपतिभन्दा पश्चिमबाट बहन्थ्यो कि भन्न सकिन्छ । 

गोकर्ण क्षेत्रमा बसेर विश्रवाका पुत्रहरू (रावण, कुम्भकर्ण)ले तप गरेका चर्चा पुराण र तन्त्रका ग्रन्थहरूमा पाइन्छन् । गोकर्णेश्वरशिवलिङ्क ६४ शिवलिङ्कमध्येको एक हो । शिवलाई जलका प्रिय देवता मानिन्छ । देवीदेवतानजिक पवित्र कुण्ड, पोखरी, झरना, नदी रहेर मनोरम वातावरण बनाउँछन् । गोकर्णको पहाडले छेकेर कुण्ड बनेको स्थान प्रिय र पवित्र लागेर गोकर्णेश्वर यहीँ बसे । गोकर्णेश्वरको ख्याति बढ्नमा विश्रवा ऋषिको ध्यान, कृष्णको पूजा, वाग्वतीको प्रवाह सहायक कारण बनेका छन् । विश्रवा ऋषिको साधना स्थल एवं गोकर्णेश्वरको निवासस्थल भएकाले श्रीकृष्णले यहाँको दहलाई खोलेर गोकर्णेश्वरलाई जलमुक्त गराएका हुन सक्छन् । 

इतिहासलाई कोट्याउँदा स्वयम्भूको चर्चा बौद्धधर्मग्रन्थहरूमा विशेषरूपले पाइन्छ । सिद्धार्थ गौतम जन्मनुभन्दा धेरै पहिले अनेक बुद्धहरू काठमाडौँउपत्यकामा आएका थिए । बौद्ध धर्मावलम्बीहरूको सम्बन्ध स्वयम्भू, नागार्जुनडाँडा, फर्पिङ, दक्षिणकालीक्षेत्र आदिसँग निकट छ । पशुपतिजस्तै स्वयम्भूनाथ पनि आफैँ उत्पत्ति भएका हुन् । जहाँ विभिन्न सम्प्रदायका बौद्धधर्मका अनुयायीहरू दर्शनार्थ पुग्दछन् । बौद्धनाथक्षेत्रमा तिब्बतीलामा र स्वयम्भूमा नेपालीलामाका बौद्धहरूको पहुँच अधिक देखिन्छन् । मञ्जुश्रीले नागदहमा डुबेको उपत्यकालाई सुकाउन प्रज्ञापुस्तक हेरेर सिंहमा चढी तीनपटक तालको परिक्रमा गरे । मञ्जुश्रीसँगै केशिनी, उपकेशिनीलगायतका समूह थियो । चन्द्रहास नामको खड्गले चोभारलाई काटी उपत्यकाको पानी खोलेकाले मञ्जुश्रीलाई खड्गमञ्जुश्री पनि भनिन्छ ।

‘मञ्जु’को अर्थ सुन्दर र ‘श्री’को अर्थ ऐश्वर्यशाली हुन्छ । यसकारण मञ्जुश्री सामान्य व्यक्ति थिएनन्, उनको स्वरुप सुन्दर, आकर्ष थियो अर्थात् दैवीशक्ति थियो । मञ्जुश्रीका साथमा अलौकिक शक्ति, अद्भूत हतियार, उच्च साधक एवं योग्य शिष्यहरु थिए । उनीहरुकै सहयोग लिई मञ्जूश्रीले चोभारलाई काटे । मञ्जुश्रीले चोभारको डाँडा खोलेमात्र उपत्यकालाई बस्तीयोग्य बनाउन सक्ने बुझे । भौगोलिक स्वरुप हेर्दा चोभारको पहाडले रोकेको पानीले पुरै उपत्यका डुब्दैन । चोभारभन्दा दक्षिणतर्फ कुनै अग्लो पर्वतले वाग्वतीलाई रोकेमात्र उपत्यकालाई डुबाउन सक्छ ।

चोभारभन्दा दक्षिणतर्फ रहेको महाभारत श्रृङ्खलाको अग्लो पर्वतले छेकेमात्र उपत्यका जलमग्न हुन्छ । उपत्यका जलमग्न हुन यहाँ बहने विष्णुमती, रुद्रमती, वाग्वती र मनोहरालगायतका खोलालाई होचाहोचा पर्वतले रोकेर धेरै स्थानमा अनेकौँ ससाना तालहरू बनाएका थिए कि ? भन्ने आभास हुन्छ । चोभारलाई थुन्दा भक्तपुरसम्म त के काठमाडौँ र ललितपुरका माथिल्लो भागसम्म ओभानै हुन्छ । चोभारभन्दा तलको जमिन पनि तालमा डुबेको थियो भन्ने विषयलाई त्यहाँको भूबनोटले नै बताउँछ । यसले पनि के देखाउँछ भने चोभारभन्दा रहेको महाभारतपर्वत श्रृङ्खलाको अग्लो पर्वत हटाएपछि उपत्यकाको अधिकांश पानी गयो । त्यसपछि चोभारका पहाडले छेकेर अर्को ठूलो ताल बन्यो जसले स्वयम्भू वरिपरिको क्षेत्रलाई डुबायो ।  

मञ्जूश्रीले स्वयम्भूको पूर्वदक्षिणतर्फ ठूलो ताल देखे । यसको अवरोध स्थान चोभारको पहाड हो भन्ने थाहा पाएपछि शिष्यगणको सहयोगमा पानी खोल्न सफल भए । मञ्जुश्री पशुपति आएको चर्चा स्वयम्भूपुराणमा र श्रीकृष्णले स्वयम्भूको दर्शन गरेको तथ्य पुराणहरुमा पाइँदैन । कृष्णले नै पशुपति र गोकर्णेश्वशिवलिङ्कको दर्शनका क्रममा त्यहाँको चट्टान काटी पानी खोलिदिए । अहिले कैलाश र मृगस्थलीबीचबाट बहने वाग्वतीको प्रवाहलाई बन्द गरिदिने हो भने बौद्धदेखि गोकर्णसम्म डुब्छ, गोकर्णमा बाँध बाँध्ने हो भने नयाँपार्टीदेखि सुन्दरीजलसम्मका अधिकांश क्षेत्र डुब्छन् । श्रीकृष्णको सम्बन्ध स्वयम्भूसँग नभई,  पशुपति र गोकर्णसँग अधिक थियो । श्रीकृष्णको नेपाल आगमनमा शिवपुरीडाँडा, गोकर्णक्षेत्र र पशुपतिक्षेत्रको चर्चा हुनाले गोकर्ण र पशुपतिको दहलाई उनैले खोलेको हुनुपर्छ । मञ्जुश्रीले चोभार खोले । नागदहको पानीले उपत्यकाको माथिल्लो भागसम्म डुबाएको थियो भन्ने तथ्यलाई उपत्यका वरिपरि रहेको पहाडमा पाइने बालुवा मिसिएको माटोले बताउँछ ।

उपत्यकाको माथिल्लो भागसम्म पानीको प्रवाह पुग्न चोभार थुनिएर सम्भव छैन । यसैले चोभारभन्दा तल कुनै अग्लो पहाडले वाग्वतीलाई थुन्यो र उपत्यका जलमग्न भयो । त्यो पहाड कुन हो अनुसन्धानको गर्भमा, खोजको प्रतीक्षामा छ । ठूला तीर्थ, कुण्डका आडमा अन्य तीर्थ वा कुण्ड हुन्छन् । काठमाडौँउपत्यकाको नागदहका आडमा चखेल, बनेपा, कुलखानीलगायतका अन्य कुण्डहरुहरु थिए ।

गोसाइँकुण्ड, पाँचपोखरी, दूधकुण्डका आडमा अन्य कुण्ड भएझैँ नागदहका आसपासमा अन्य कुण्ड थिए । नाला–साँगादेखि धुलिखेल र पनौतीसम्मको भागलाई हेर्ने हो भने कुनै कालखण्ड पानीले छोपेको थियो भन्न सक्ने प्रसस्त आधारहरु छन् । त्यसलाई कसले खोल्यो यसै भन्न सकिन्न । नागदहको पानी हटाई उपत्यकालाई बस्ती योग्य बनाउन श्रीकृष्ण र मञ्जुश्रीले महत्वपूर्ण भूमिका खेले । यहीकारण उपत्यका हिन्दू र बौद्धधर्मावलम्बीहरूको उपासनास्थल एवं तीर्थस्थल बन्न पुग्यो ।