• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

एसिसी महिला टि–२०: वर्षाको कारणले खेल रद्द हुँदा नेपाल र भारतले अंक बाड्यो



काठमाडौं । एसिसी महिला इमर्जिङ टिम्स टि–२० एसिया कपमा वर्षाको कारणले खेल रद्द हुदा नेपालले भारतसँग अंक बाँडेको छ । हङकङको मङकङ क्रिकेट मैदानमा हुने भनिएको खेल लगातार वर्षाको कारण टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका हुन् ।

अंक बाडेसँगै नेपालले सेमिफाइनलको सम्भावना कायमै राखेको छ । यदि यस खेलमा नेपाल पराजित भएको खण्डमा सेमिफाइनल यात्रा समाप्त हुने थियो । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो ।

नेपाल २ खेलमा एक मा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एक जित र एक खेलमा अंक बाँड्दै ३/३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा रहेको छ । यस्तै, हङकङ २ खेलमा एक खेलमा हार र एकमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ ।

नेपाल सेमिफाइनलमा पुग्न शनिबार घरेलु टोली हङकङसँग हुने खेलमा फराकिलो अन्तरले जित हात पार्नुपर्ने हुन्छ ।