२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

नीति तथा कार्यक्रम अन्योलमा, अध्यादेशको विकल्प खोज्दै सरकार

नीति तथा कार्यक्रम अन्योलमा, अध्यादेशको विकल्प खोज्दै सरकार
अ अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अबरुद्ध गरेपछि सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन अन्योल भएको छ ।

कांग्रेसले सदन अबरुद्ध गरे कसरी नीति तथा कार्यक्रम ल्याउने भन्ने अन्योल भएको हो । सरकारको नीति तथा कार्यक्रम मंगलबार (जेठ १ गतें) सार्वजनिक गर्ने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सूचना संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । तर उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान कायमै छ । सरकार समिति बनाउने पक्षमा छैन । व्यक्ति केन्द्रित नभइ सबै सहकारीको समस्या समाधान गर्ने गरी समिति बनाउन सरकार तयार छ ।

यो अवस्थामा संसद्मा नीति तथा कार्यक्रम कसरी सार्वजनिक हुन्छ भन्ने अन्योल बढेको हो । राष्ट्रपतिले कार्यक्रम सार्वजनिक गर्ने भएकाले यसमा कांग्रेसले अवरोध नगर्ने बुझाइ सत्ता पक्षको छ । तर कांग्रेसले सदन कसरी खुलाउने भन्ने जिम्मेवारी सरकारको भएको जनाएको छ । यसले गर्दा कांग्रेसले नीति तथा कार्यक्रम नै ल्याउन नदिने हो की भने आशंकासमेत छ ।

त्यसो त अहिलेसम्म कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कि नदिने भन्ने निर्णय गरेको छैन । तर कांग्रेसका कारण सरकारलाई भने दबाब परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सदन खुलाउने विषयमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल भने गरिरहनुभएको छ ।

कांग्रेसले नीति तथा कार्यक्रम बारे निर्णय गर्न सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । यो बैठकले ठोस निर्णय गर्ने छ ।
यता सरकारले भने नीति तथा कार्यक्रम र बजेट नै ल्याउन नसक्ने अवस्था भए विकल्प खोज्न थालेको छ ।

सरकारसँग अहिले सदनबाटै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउन विकल्प छ । तर यसका लागि सदन सहज हुनुपर्छ । सदन अबरुद्ध भएमा सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत् बजेट ल्याउने विकल्प छ । तर यो विकल्पतर्फ सरकार अहिले नै लागिसकेको छैन । आवश्यकता परे त्यससम्म जान सकिने गठबन्धनका केही नेता बताउँछन् ।