९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

आईपीएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो कोलकाता, मुम्बईलाई १८ रनले हरायो

आईपीएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो कोलकाता, मुम्बईलाई १८ रनले हरायो
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को ६० औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । योसँगै टोली चालु सिजनको प्लेअफमा प्रवेश गरेको छ । केकेआर यो सिजन प्लेअफमा पुग्ने पहिलो टोली हो ।

टोली आठौं पटक यस लिगको प्लेअफमा प्रवेश गरेको छ । कोलकाताले सिजनमा मुम्बईलाई दोस्रो पटक पराजित गरेको हो । शनिबार कोलकातामा वर्षाका कारण यो खेल १६–१६ ओभरको खेलाइएको थियो ।

घरेलु मैदान इडेन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो । वरुण चक्रवर्ती प्लेयर अफ द म्याच भए । उनले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए ।

केकेआरका लागि वेंकटेश अय्यरले ४२ रन बनाए भने आन्द्रे रसेलले २४ र नितिश राणाले ३३ रन बनाए । पियुष चावलाले २ विकेट लिए ।

एमआईका लागि इशान किशनले सर्वाधिक ४० रन बनाए । उनले रोहित शर्मासँग ६५ रनको साझेदारी गरे । तिलक वर्माले ३२ रन बनाए । बरुण चक्रवर्ती, आन्द्रे रसेल र हर्षित राणाले २–२ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको कोलकाताको सुरुवात खराब रह्यो । टिमले पावरप्लेमा ५ ओभरमा ४५ रन बनाएर ३ विकेट गुमाएको थियो ।

कोलकातालाई ४० रनमा तेस्रो झट्का लाग्यो । यहाँबाट मध्यक्रमका ब्याट्सम्यानले कमाण्ड सम्हाल्दै स्कोरलाई १५७ मा पुर्याए । वेंकटेश अय्यरले ४२, नितिश राणाले ३३, आन्द्रे रसेलले २४ र रिंकु सिंहले २० रन बनाए ।

१५८ रनको लक्ष्य पछ्याएको मुम्बईले राम्रो सुरुवात गरेको थियो । रोहित शर्मा र इशान किशनले ४२ बलमा ६५ रनको साझेदारी गरे । पावरप्लेमा टिमले कुनै विकेट नगुमाई ५९ रन बनाएको थियो ।

पावरप्लेपछि मुम्बईले लगातार विकेट गुमाएको थियो । टोलीलाई पहिलो झट्का ६५ रनमा परेको थियो । त्यसपछि १६ ओभरमा १३९ रन बनाएर ८ विकेट गुमाएको थियो ।