२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले २०२६ को विश्वकप नखेल्ने !



अ+ अ-

एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले सन् २०२६ को विश्वकप नखेल्ने संकेत गरेका छन् । मेसी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि हाल चीन पुगेका छन् ।

मेसीलाई एउटा चिनियाँ पत्रिकाले सन् २०२६ को विश्वकप खेल्ने हो कि ? भनेर प्रश्न सोधेको थियो, यो प्रश्नको जवाफमा मेसीले भने, ‘मलाई त्यस्तो लाग्दैन । यो मेरो अन्तिम विश्वकप (२०२२ विश्वकप) थियो । म अर्को विश्वकपमा सहभागी हुनेछैन ।’

मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ मा च्याम्पियन बनाएका थिए । मेसीले थप भने, ‘विश्वकप जितिसकेपछि जुन मैले गुमाएको थिएँ, अहिले म आफ्नो करियरबाट सन्तुष्ट छु । म त्यहाँ अर्को विश्वकप हेर्न चाहन्छु, तर म यसमा भाग लिने छैन ।’

सन् २०२२ मा भएको विश्वकप मेसीको करियरको पाँचौं विश्वकप थियो । यसअघि उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा पनि भाग लिएका थिए । ३५ वर्षीय मेसीले पाँच विश्वकपमा २६ खेल खेलेका छन्, जसमा १३ गोल गरेका छन् ।

मेसीले आफ्नो करियरमा १७४ अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन् । उनी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता हुन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पनि मेसी तेस्रो स्थानमा छन् । सक्रिय खेलाडीमध्ये गोल गर्ने हिसाबले उनी दोस्रो स्थानमा छन् । यस सूचीमा पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो (१२२ गोल) छन् ।