२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले २०२६ को विश्वकप नखेल्ने !



अ+ अ-

एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले सन् २०२६ को विश्वकप नखेल्ने संकेत गरेका छन् । मेसी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि हाल चीन पुगेका छन् ।

मेसीलाई एउटा चिनियाँ पत्रिकाले सन् २०२६ को विश्वकप खेल्ने हो कि ? भनेर प्रश्न सोधेको थियो, यो प्रश्नको जवाफमा मेसीले भने, ‘मलाई त्यस्तो लाग्दैन । यो मेरो अन्तिम विश्वकप (२०२२ विश्वकप) थियो । म अर्को विश्वकपमा सहभागी हुनेछैन ।’

मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ मा च्याम्पियन बनाएका थिए । मेसीले थप भने, ‘विश्वकप जितिसकेपछि जुन मैले गुमाएको थिएँ, अहिले म आफ्नो करियरबाट सन्तुष्ट छु । म त्यहाँ अर्को विश्वकप हेर्न चाहन्छु, तर म यसमा भाग लिने छैन ।’

सन् २०२२ मा भएको विश्वकप मेसीको करियरको पाँचौं विश्वकप थियो । यसअघि उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा पनि भाग लिएका थिए । ३५ वर्षीय मेसीले पाँच विश्वकपमा २६ खेल खेलेका छन्, जसमा १३ गोल गरेका छन् ।

मेसीले आफ्नो करियरमा १७४ अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन् । उनी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता हुन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पनि मेसी तेस्रो स्थानमा छन् । सक्रिय खेलाडीमध्ये गोल गर्ने हिसाबले उनी दोस्रो स्थानमा छन् । यस सूचीमा पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो (१२२ गोल) छन् ।




भर्खरै