• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   कर्णालीको बजेट ३१ अर्ब ४१ करोड ★   अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा ★   उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी ★   अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द ★   देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली ★   वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने ★   जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा ★   पाथीभरामा जेठ महिनामा मात्रै १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन ★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा

मेसीले २०२६ को विश्वकप नखेल्ने !



एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले सन् २०२६ को विश्वकप नखेल्ने संकेत गरेका छन् । मेसी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि हाल चीन पुगेका छन् ।

मेसीलाई एउटा चिनियाँ पत्रिकाले सन् २०२६ को विश्वकप खेल्ने हो कि ? भनेर प्रश्न सोधेको थियो, यो प्रश्नको जवाफमा मेसीले भने, ‘मलाई त्यस्तो लाग्दैन । यो मेरो अन्तिम विश्वकप (२०२२ विश्वकप) थियो । म अर्को विश्वकपमा सहभागी हुनेछैन ।’

मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ मा च्याम्पियन बनाएका थिए । मेसीले थप भने, ‘विश्वकप जितिसकेपछि जुन मैले गुमाएको थिएँ, अहिले म आफ्नो करियरबाट सन्तुष्ट छु । म त्यहाँ अर्को विश्वकप हेर्न चाहन्छु, तर म यसमा भाग लिने छैन ।’

सन् २०२२ मा भएको विश्वकप मेसीको करियरको पाँचौं विश्वकप थियो । यसअघि उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा पनि भाग लिएका थिए । ३५ वर्षीय मेसीले पाँच विश्वकपमा २६ खेल खेलेका छन्, जसमा १३ गोल गरेका छन् ।

मेसीले आफ्नो करियरमा १७४ अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन् । उनी अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता हुन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पनि मेसी तेस्रो स्थानमा छन् । सक्रिय खेलाडीमध्ये गोल गर्ने हिसाबले उनी दोस्रो स्थानमा छन् । यस सूचीमा पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो (१२२ गोल) छन् ।