११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली

देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताउनुभएको छ ।

शनिवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताउनु भयो । एक÷दुई जनाको मुख हेरेर सरकारमा छँदै छाँै भनेर नहुने उहाँको भनाइ थियो । उहाँले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गर्नुभयो ।

उहाँले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्यानउ सकिने बताउनु भयो । उहाँले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरु जसरी विचार, नीति, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर हिँड्ने पार्टी नभएको बताउनु भयो ।

उहाँले स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने काममा एमाले नलाग्ने बताउनु भयो । उहाँले प्रतिक्रियावादीहरुले नेकपा एमालेबिरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनिय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर हामी सरकारमा छाँै भनेर गरिबीतिर गएपनि के भयो र ? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ । हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ।

हामीले नै चलाइरहेका मन्त्रालयहरुको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यि सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस् । बाहिर बजारमा फिँजाउने कुरा होइन । बाहिर बजारमा भन्दै हिँड्ने त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठिक ठाउँको छलफल, ठिक ठाउँको सुझाव, ठिक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ । त्यसकारण हामी प्रतिक्रियावादी शक्तिहरु जस्तो, विचार शुन्य, नीति शुन्य, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर ति स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरु फैल्याउने क्रमका विपरित क्रियाकलापहरुमा हामी लाग्दैन ।

फेरि हामीले खण्डन मण्डन त गर्नुपर्ने हुन्छ । हाम्रो पार्टीका बिरुद्ध उनीहरुको हमला अत्यन्त तिब्र छ । नयाँ कुरा दिनैपिच्छे अकल्पनिय कुराहरु उनीहरुले आविष्कार गरेर बजारमा फैल्याउँछन् ।’

अध्यक्ष ओलीले नेकपा एमालेका बिरोधी प्रतिक्रियावादीहरुले देश अगाडि नबढोस् भन्ने चाहने गरेको बताउनु भयो । उहाँले नेकपा एमाले देश बाउने संकल्प, दृढता र अठोटमा रहेको बताउनु भयो ।