११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा

अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा
अ अ+ अ-

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो । उहाँले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाउनुभयो ।

नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताउनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर जोन्छेजस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुरका पूर्वसभापति मदकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण जोन्छेलाई माओवादीले गोली हानेका बताउनुभयो ।

नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति तिलकप्रसाद कायस्थ, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका महासचिव जगन्नाथ कार्कीलगायतले नेपाली कांग्रेसका लागि जोन्छेले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई रु १२ हजार र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही रु आठ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।