४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा



अ+ अ-

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सकेपछि खेल गुमाएको हो । हार वा जित नेपाली समर्थकको टिमप्रतिको समर्थनलाई लिएर विश्व क्रिकेटले नै प्रशंसा गरिरहेको छ ।

चाहे अमेरिकामा भएको खेल होस् वा वेस्ट इन्डिजमा भएको खेल नेपाली फ्यान टोलीको हौसला बढाउन नेपाली जर्सीमा सजिएका हुन्छन् ।

यसैबीच इन्डियन प्रिमियर लिग (आईपीएल)का टिमले नेपाली क्रिकेट टोलीको प्रदर्शनलाई लिएर प्रशंसा गरेका छन् । चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, लगनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्सले आफ्नो आधिकारिक पेजमार्फत नेपाली टोलीको प्रशंसा गरेका हुन् ।

अब नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।