• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा



file

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताउनुभएको छ ।

शनिवार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताउनुभएको हो । प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उहाँको भनाई छ ।

उहाँले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताउनु भयो । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उहाँले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाउनुभएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री दाहालले जसरीपनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको बताउनु भयो । महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताउनु भयो । उहाँले एमालेले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडी बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलिपनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसावकिताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । सरकार मुलत्ः एमाले र माओवादी पार्टीहरुको सरकार छ ।

माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन । खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आएपनि बन्ने । उता आएपनि बन्ने । बनिराख्ने भन्ने छ । त्यसैले अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिगँ्रदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन । किनभने योभन्दा एक वर्ष अगाडी उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ ।

त्यो बेलामा पनि राम्रो भएन । तर त्यो राम्रो नभएको हिसावकिताव उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनु भयो, काँग्रेसको मानिसहरु थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन । नेकपा(एमाले) त सरकारमा छ, छैन ? सरकारमा छ पनि । छैन पनि । सरकारमा उसले जुनियर मन्त्रीहरु पठाएको छ । हेर्दाखेरी मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्नेपनि । तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । हेर्नुस् त बजेटमा कसरी पन्छिएको । सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो ।

यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ । बजेटले काम गरेन भनेर भन्यो भने प्रधानमन्त्री बजेटको जिम्मा लिनुहुन्न । एमालेले मेरो बजेट नै हो भन्दैन । त्यसैले अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा(एमाले) सरकारमा रहिरहन चाहान्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन । नयाँ राजनीतिक दलहरुको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरु केहीपनि छैन । कसरी हुन्छ, के गर्ने, जे गर्दाखेरी सामाजिक सञ्जालमा साँझ दुईवटा मान्छेले गर्ने लाइक बढ्छ, बिहान उठेपछि सोच्ने के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन । आज मैले के बोल्ने होला ? आज मैले कहाँ गएर के दिने होला ? कस्तो भिडियो बनाउने होला ? त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तीमा चार जना बढीले टिकटिकमा हेर्छन् ।

जिम्मा लिएको छ, जिम्मेवारीमा बसेको छ । उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरु भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने । समस्याको समाधान गर्ने होइन । खालि मानिसहरुको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसहरुको दृष्टिकोण निर्माण गर्ने प्रयास गर्ने । जिम्मा लिने भएन ।’

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरुले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताउनु भयो । उहाँले नयाँ राजनीतिक दलका मन्त्रीहरु जिम्मेवारी अनुसारको काम नगरी समाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको बताउनु भयो । उनीहरुले समस्याको समाधान गर्ने भन्दापनि चटक गरिरहेका बताउनु भयो ।