४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ मा शुक्रबार ठूलो अपसेट देखियो । अमेरिका र आयरल्याण्डबीचको खेल वर्षाका कारण रद्द भएको थियो । एक अंक जोडेर अमेरिकाले सुपर ८ मा आफ्नो स्थान पक्का गरेको छ भने पाकिस्तान बाहिरिएको छ ।

यति मात्र होइन, सुपर–८ मा स्थान पक्का गरेपछि अमेरिका सन् २०२६ को संस्करणका लागि सीधै छनोट पनि भएको छ ।

सन् २०२६ को टी–२० विश्वकप भारत र श्रीलंकामा हुँदैछ । दुवै टोली ठूला प्रतियोगिता आयोजना गरेर सिधै प्रतियोगिताका लागि छनोट हुनेछन् । सुपर–८ मा परेका अन्य सात टोलीले सोझै प्रतियोगिताका लागि छनोट हुनेछन् । जुन ३०, २०२४ सम्मको आईसीसी वरीयतामा तीन उच्च स्थानमा रहेका टोलीहरू पनि प्रतियोगिताको लागि छनोट हुनेछन् ।

१२ टोली प्रत्यक्ष रूपमा छनोट हुनेछन्
आईसीसीका अनुसार शीर्ष ८ मा पर्ने टोलीले प्रतियोगिताको अर्को संस्करणका लागि प्रत्यक्ष छनोट पाउनेछन् । प्रतियोगितामा २० टोलीको सहभागिता रहनेछ जसमध्ये १२ टोलीले प्रत्यक्ष छनोट पाउनेछन् भने आठ टोलीको छनोट क्वालिफायरबाट गरिने छ ।