६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा यू–२० को उपाधि उरुग्वेले जित्यो



अ+ अ-

एजेन्सी । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे च्याम्पियन बनेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयतिर अर्थात् ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गोल गर्दै उरुग्वेलाई उपाधि दिलाए ।

उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो । यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न सकेको थिएन । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो ।

अहिलेसम्म यू–२० विश्वकपको सर्वाधिक उपाधि अर्जेन्टिनाले (६ पटक) उचालेको छ । यस्तै, ब्राजिल ५ पटक च्याम्पियन बनेको छ ।