• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यक: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको बताउनु भयो ।

उहाँले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना महामारीका कारण भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एक पटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ । महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेट्ने प्रयास गरेको छ । सरकारले यसअघि पनि आर्थिक प्याकेजका कार्यक्रम ल्याएर देशको निजी क्षेत्रलाई कुनै न कुनै रुपमा राहतको घोषणा गरेको थियो ।

वर्तमान सरकार निजी क्षेत्रको साथमा छ । सहकार्य गरेर अघि बढ्न चाहन्छ । पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रवन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध गरिएको छ । अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको छ । यसले अर्थतन्त्रमा ठूलो मद्दत पुग्नेछ ।’

आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गर्नुभयो ।