• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए



एजेन्सी । आईपीएल २०२४ को ६६ औँ खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुन सकेन । वर्षाका कारण खेल राति अबेरसम्म सुरु हुन सकेन ।

जसका कारण म्याच रेफ्रीले खेल रद्द गरी दुवै टोलीलाई एक–एक अंक दिएका थिए । यस्तो अवस्थामा हैदराबाद प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाइटन्स भने प्लेअफबाट बाहिरिएको छ ।

आफ्नो अन्तिम खेलमा गुजरात जितसँगै बाहिरिने अपेक्षा गरिएको थियो । तर, वर्षाका कारण त्यस्तो हुन सकेन ।

टोलीले निराशाको सामना गरे पनि कप्तान शुभमन गिलको भिडियो भाइरल भइरहेको भइरहेको छ र गुजरात टाइटन्स तथा सनराइजर्स हैदराबादका फ्यानहरूको मन जितेको छ । यस भिडियोमा शुभमन गिल सनराइजर्स हैदरावादका ओपनर अभिषेक शर्माको आमाको खुट्टा छोएको देखिन्छ ।

भिडियोमा गिललाई भारतीय परम्परा अनुसार अभिषेककी आमाको खुट्टा छोएको देख्न सकिन्छ । यसै क्रममा अभिषेककी आमाले गिलको पिठ्युँमा थिचेर आशीर्वाद दिएर आफ्नो माया र स्नेह देखाइन् ।

भिडियोमा गिलले अभिषेककी बहिनीसँग हात मिलाउँछन् । अभिषेक र गिल दुवैले पञ्जाबबाट घरेलु क्रिकेट खेल्छन् । दुवै जना सन् २०१८ को अन्डर–१९ विश्वकपमा भारतीय टोलीको हिस्सा पनि थिए ।

गुजरात टाइटन्सका कप्तान शुभमन गिलले आईपीएल २०२४ को १२ खेलमा ४२६ रन बनाएका छन् । यसमा शतक पनि समावेश छ । योसँगै सनराइजर्स हैदराबादका ओपनिङ ब्याट्सम्यानले १२ खेलमा ४ सय १ रन बनाएका छन् । ट्राभिस हेडसँगै अभिषेक शर्माले टोलीका लागि कीर्तिमानी साझेदारी गरेका छन् ।