१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस्

काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस्
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गर्नुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानविन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरुपिच्छेको धारणा आएको बताउनुभएको हो ।

उहाँले काँग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको बताउनु भयो । उहाँले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गर्नुभयो । सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानविन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानविन गर्नेगरी समिति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पाँचवटा गेटबाट पाँच जना फरक पदाधिकारी छिर्नुहुन्छ । पाँच वटा फरक धारणा लिएर हामीकहाँ प्रश्तुत हुनुहुन्छ । हामिले २८ गतेदेखि दुईवटा कुरा दोहोर्‍याइरहेका छौँ कि हामीलाई बोल्न दिनुस् । हामीलाई जहाँ अभियोग लगाउनु भयो । जहाँ संसदीय प्रणालीमा रेकर्डमा बस्यो ति तथ्यांकहरु त्यो तथ्यहरु, अभियोग, अपशब्दहरु हामी त्यहीँ स्पष्टिकरण दिन चाहान्छौँ । किनकी हाम्रो जवाफ पनि रेकर्डमा जाओस् भन्न चाहान्छौँ । दोस्रो कुरा समस्या त्यो तीनवटा सहकारीमा मात्र किन हेर्नुहुन्छ तपाईहरु ? सबैमा समस्या छ । सबै ३१ हजारलाई समेटन नसकिएला तर सरकारले नै भनेको संकटग्रस्त १६ वटालाई समात्ने त हिम्मत राख्नुस् । त्यही तिनवटाको मात्र पछाडी किन जानुहुन्छ तपाईहरु ? तीनवटा सहकारीमा मात्रै छानविन गरौँ भन्दै गर्दाखेरी प्रत्यक्ष रुपमा त्यो तिनओटामा मात्रै समस्या छ भनेर अरु जनता सबै जहाँसुकै जाओस् । जेसुकै होस् हामी राजनीतिक कुण्ठा बोकेका छौँ ।’

‘त्यो तिनवटामा नाम देखिएको छ, त्यहाँको मात्रै समस्या देखिएको छ । अरु केही समस्या छैन भन्न खोजेका हो । त्यो प्रष्ट रुपमा लिखित रुपमा भनिदिए भैहाल्यो नि । अबदेखि नेपाली काँग्रेसलाई मेरो अनुरोध तपाईहरुको सहमहामन्त्रीले एउटा कुरा, महामन्त्रीले अर्को, प्रमुख सचेतकले अर्को, उपसभापतिले अर्को त्यसैले गर्दा हामीसँग केही माग छ भने लेटरहेडमा लिखित रुपमा लिएर आउनुस् । अब तपाईहरुको मौखिक अभिव्यक्ति विश्वास गर्न गाह्रो छ । हाम्रो पार्टीको नेतृत्वमा लागेको दाग राजनीतिज्ञको रुपमा गरेको अपचलन एकरत्ति पनि होइन । पहिलाका केही व्यवहारिक कुरामा मात्र उहाँहरुले जोडेर लगाएको अभियोग हो । राजनीतिज्ञको रुपमा यो देशलाई घात एउटा पनि गरेका छैनौँ । गर्ने पनि छैनौँ । तर हामीसँग हजारवटा अभियोग होला । औँला उठाउन सक्छौँ । समिति बनाउने हो भने सबैको बनाउन तयार हुने हो भनेर चुनौती पनि दिन्छौँ ।’

सांसद झाले गृहमन्त्री रवि लामिछानेले राजनीतिज्ञको रुपमा कुनै अपचलन नगरेको भन्दै विगतका केही व्यवहारिक कुरालाई जोडेर अभियोग लगाइएको बताउनु भयो । उहाँले अभियोग लागेकाहरु सबैमाथि छानविन बनाउन तयार हुने हो ? भनि काँग्रेसलाई चुनौति समेत दिनुभयो ।