२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संसदीय छानविन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नभए उहाँ संलग्न सहकारीको नाम राख्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुको विकल्प नभएको बताउनुभएको हो । उहाँले गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नभएमा उहाँ संलग्न सुप्रिम सहकारी र सूर्यदर्शन सहकारी लगायतको नाम उल्लेख गर्नुपर्ने बताउनु भयो । उहाँले गृहमन्त्रीमा मात्रै सिमित नराखी सहकारीसँग सम्बन्धित सबै ठगि प्रकरणहरुको छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीले सहकारी ठगि प्रकरण र केवल गृहमन्त्रीको मात्रै कुरा भएन, सबै सहकारीसँग सम्बन्धित ठगि प्रकरणको छानविन गर्नुपर्छ भनेका छौँ । गिरिबन्धु टि स्टेटको समस्या जे हो त्यो भ्रष्टाचारजन्य काम नै थियो हिजोपनि । त्यसको बारेमा अझै व्याख्यासहित अर्को भेटमा गरौँला । संसदीय समिति चाहीँ नबनाइ सुख छैन । त्यहाँ मध्यमार्गि कहीँ ठाउँ छैन । एउटा कुरा के हुनसक्छ भने फलानो व्यक्तिकै नाममा भनेर नाम किट्ने वा नकिट्ने भन्ने कुरोचाहीँ हुनसक्छ । के गर्न सकिन्छ भने सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी के–के सहकारीको नाममा ठगि भयो भन्ने छ नि, ति सबै सहकारीको नाम हालेर समिति बनाउँदा हुन्छ । त्यसको नाम नहालेर त के को छानविन गर्ने भनेको त ? गृहमन्त्रीको नाम तोक्नै परेन । सहकारीको नाम तोके भइगयो नि ।’

सांसद पाण्डेले गिरिबन्धु टि स्टेटमा भ्रष्टाचार भएको भन्दै यस सम्बन्धमा पार्टीले आधिकारिक धारणा बनाउन बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।