२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समिकरण सुविधाजनक बहुमतमा भएको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन प्रतिनिधि सभामा पत्राचार गर्नुभएको भन्दै प्रधानमन्त्रीले सुविधानजनक बहुमतका साथ विश्वासको मत पाउने बताउनु भयो । उहाँले सरकारले अध्यादेशमा बजेट ल्याउने नसोचेको भन्दै मुलुक अध्यादेशमा जान्छ जाँदैन भन्नेकुरा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा निर्भर भएको बताउनु भयो । उहाँले सरकारी समस्याको सन्दर्भमा कुनै खास व्यक्तिलाई केन्द्रित गरेर छानविन समिति बनाउन सत्तापक्ष सहमत नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘मलाई विश्वास छ कि आज र भोलिका सम्वादहरुले नेपाली काँग्रेसले आफ्नो हठ बाट पछाडी हट्ने छ । र हामी सत्तापक्षले पनि केही लचकताका साथ प्रश्तुत हुन्छौँ । हाम्रो भनाई त्यही छ, कुनैपनि समस्याको समाधान गर्न समितिहरु बन्न सक्छन् । छलफलहरु हुन सक्छ । सहकारीको विषयमा । अरु विषयमा । तर निश्चित व्यक्तिलाई केन्द्रीत गरेर समिति बन्ने कुरा त्यो संसदीय अभ्याससँग मिल्दोजुल्दो कुरा होइन । समग्र सहकारीको अध्ययन गर्न समिति बन्न सक्छ ।’

‘त्यसमा हामी लचक छौँ । तर व्यक्ति केन्द्रित भएर जसरी खास व्यक्तिमा केन्द्रित गर्ने भन्ने नेपाली काँग्रेसको कुरामा सहमत छैनौँ । हामी हुन सक्दैनौँ । ७ गते विश्वासको मत लिने एजेण्डा छ । अहिलेको राजनीतिक समिकरण, सत्ता समिकरणसँग संसदमा सुविधाजनक बहुमत छ । त्यो सुविधाजनक बहुमत ७ गतेपनि प्रकट हुन्छ । ७ गते पुन: प्रधानमन्त्रीमाथि विश्वासको मत छ भन्नेकुरा संसदले जायर गर्छ । अध्यादेशमा बजेट ल्याउने सोचेका छैनौँ । अध्यादेशमा मुलुक लान्छ लादैन भन्ने कुरा नेपाली कांग्रेसमा निर्भर छ ।’

सांसद भट्टराईले आईतवारसम्ममा नेपाली काँग्रेस आफ्नो हठबाट पछि हट्ने विश्वास व्यक्त गर्नुभयो ।