२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.11

Wind: 3.09

Humidity: 56

Latest
नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरको भाग्य अहिले सन्तुलनमा रहेको छ । निराशाजनक प्रदर्शनपछि आरसीबीले पुनरागमन गरेको छ । फाफ डु प्लेसिसको टोलीसँग अब प्लेअफ पुग्ने अन्तिम मौका छ ।

उनीहरुको अन्तिम लिग खेल शनिबार, मे १८ मा बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा ५ पटकको च्याम्पियन चेन्नई सुपर किंग्ससँग हुनेछ । लगातार ५ खेल जितेर आरसीबी उत्कृष्ट फर्ममा छ ।

तर, शनिबारको खेलभर मौसम बदली रहने अनुमान गरिएको छ । वर्षाको सम्भावना पनि छ । यदि खेल स्थगित वा रद्द भयो भने आरसीबीले १ अंक पाउनेछ, जसले अंक तालिकामा पाँचौं स्थानमा पुग्ने छ ।

आईपीएल २०२४ मा गुजरात टाइटन्सका २ खेल वर्षाका कारण रद्द भइसकेका छन् र यस पटक बैंगलोरमा पनि त्यस्तै देख्न सकिन्छ ।

बैंगलोरमा मैदान सुकाउनको लागि राम्रो व्यवस्था गरिएको छ । भारत र दक्षिण अफ्रिकाबीचको खेलपछि यहाँ सबएयर प्रणाली लागू भएको थियो । कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले लगभग १० वर्षदेखि यो सुविधा प्रभावकारी रूपमा प्रयोग गर्दै आएको छ । सबएर प्रणालीका लागि बैंगलोरको बालुवा प्रयोग गरिन्छ । यो यसकारण गरिन्छ किनभने बालुवामा पानी हुँदैन, जबकि अन्य प्रकारको माटोमा पानी हुन्छ ।

सबएयर प्रणाली प्रति मिनेट १०,००० लिटर पानी पम्प गर्न सक्ने २०० अश्वशक्तिको मेसिन अन्तर्गत सञ्चालन हुन्छ । त्यसैले धेरै पानी परे पनि ३० देखि ४० मिनेटमा मैदान सुकेर खेल्नका लागि तयार हुन्छ ।

यस्तो अवस्थामा पूरा समय पानी नपरेमा खेल हुने सम्भावना हुन्छ । यससँगै आरसीबीले खेल जित्न सक्दो प्रयास गर्नेछ ।