६ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले स्कटल्यान्डलाई १३६ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । जारी एकदिवसीय अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई जितको लागि १३६ रनकोे लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शनमा २८.५ ओभरमा अलआउट हुदै १३५ रन बनायो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । आसिफ शेखले ३६ बलमा २८ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १६ रन बनाए । यस्तै, भीम सार्कीले ८ रन बनाउदा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए। त्यसैगरी दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेकनन् ।

बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले समान तीन/तीन विकेट लिए ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।