काठमाडौं । नेपालले स्कटल्यान्डविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा मध्यम सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा १ विकेट गुमाउँदै ५२ रन बनाएको छ ।
अहिले नेपालका ओपनर आसिफ शेख र भीम सार्की क्रिजमा रहेका छन् । आसिफले २८ बलमा २४ रन बनाएका छन् भने भीमले ८ बलमा ८ रन जोडेका छन् ।
नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए ।
जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।