• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक भोलिलाई सर्‍यो



file

काठमाडौं । मङ्गलवारका लागि बोलाइएको संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक बुधवार बस्ने गरी सारिएको छ ।

संघीय संसद्का महासचिव डा। भरतराज गौतमको अनुसार मङ्गलवार बिहान ११:११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधवार बिहान ११:११ बजे बस्ने गरी सारिएको हो ।

‘मिति २०८० साल जेठ २३ गते मङ्गलवार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधवार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ ।