३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इब्राहिमोभिचद्वारा खेल जीवनबाट सन्यास



अ+ अ-

काठमाडौँ । फुटबल क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

४१ वर्षीय स्विडिस इब्राहिमोभिचले सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका थिए ।

‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन,’ अन्तिम खेलपछि इब्राहोभिचले भने । पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेका छन् । उनले नेरदल्याण्ड्स, इटाली, स्पेन र फ्रान्स गरी चार देशहरूमा लिग उपाधि जितेका छन् ।

सन् २०११ मा एसी मिलानबाट सिरी ए उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए । जहाँ उनले २०२१ मा मिलानले लिग जित्दा उनी सदस्य थिए ।

उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे । इब्राहिमोभिचले १४ लिग उपाधिसहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक बालोन डी’ओरका लागि मनोनीतभएका थिए । उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी भने च्याम्पियन्स लिग रह्यो । सन् २०१७ मा उनले म्यानचेस्टरयुनाइटेडबाट युरोपा लिग उपाधि जितेका थिए ।

इब्राहिमोभिचले स्वीडेनका लागि १२२ खेल खेल्दै सर्वाधिक ६२ गोल गरेका छन् ।