६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमाले छाडे रियल मड्रिड



अ+ अ-

एजेन्सी । फ्रेञ्च फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाड्ने भएका छन् । उनले क्लब छाड्न लागेको रियल म्याड्रिडले पुष्टि गरेको छ ।

‘फवार्ड र हाम्रा कप्तान करिम बेन्जेमा हाम्रो क्लबको लागि एक खेलाडीको रूपमा उनको शानदार र अविस्मरणीय अवधि समाप्त गर्न सहमत भएका छन् ।’ क्लबले भनेको छ ।

क्लबसँगको सम्झौता सकिएसँगै बेन्जेमाले यो सिजनको अन्त्यबाट क्लब छाड्न लागेका हुन् । योसँगै बेन्जेमाले आज राति ला लिगाअन्तर्गत एथ्लेटिक क्लबसँग रियलका लागि अन्तिम खेल खेल्नेछन् ।

जारी सिजनको लिगमा उनले रियलका लागि १८ गोल गरेका छन् । सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका बेन्जेमाले रियलबाट सबैखाले प्रतियोगितामा ६५७ खेलमा ३५३ गोल गरेका छन् ।

३५ वर्षीय बेन्जेमाले १४ वर्षको अन्तरालमा रियल मड्रिडबाट चार पटक ला लिगा जितेका छन् भने पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

उनी साउदी अरब जाने चर्चा छ । साउदी प्रो लिग क्लब अल–इतिहाडले उनलाई ३४५ मिलियन पाउण्डमा क्लबमा भित्राउन लागेको चर्चा छ ।