७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको छ: काँग्रेस सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताउनु भयो । आईतवार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो । संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपथ्र्यो । संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणिकरण गर्ने अवस्था हुनुपथ्र्यो ।’

‘त्यसैले कन्टेन्टको बारेमा सहमति, विमती के छ त्यो भन्दापनि प्रोशेसका बारेमा त्रुटी देखियो । प्रक्रिया र समय उपयुक्त भएन । सांसदहरुले छलफल गरेर टुंग्याउनुपथ्र्यो । कन्टेन्टको बारेमा कसैको बिरोध थिएन । कन्टेन्टमा आम रुपमा धेरै विवाद नहुँदा नहुँदै पनि प्रोसेसको बारेमा जुन त्रुटी गरियो त्यो स्वभाविक भएन । नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’